। खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ ।
निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।
यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ ।
आयोगका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ ।