मुख्य समाचार
नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिए
नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिए

। नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् ।

आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताए ।

‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भइरहेका छौं,’ शर्माले भने ।

पार्टी घोषणा सभामा शर्माले मानव विकास, विश्व र मुलुकको राजनीतिबारे विश्लेषणात्मक घोषणा पत्र प्रस्तुत गरेका थिए ।

उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्राहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य बनेको बताए । त्यसैका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको उनको भनाइ छ ।

‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो,’ पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन् ।

राजनीतिक पुन:संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुन:संरचना सम्मेलन २०८२ आयोजना गर्ने उनले बताए ।

उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुन:संरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुन:संरचना सम्मेलन आयोजना गर्नेछ ।’

संविधान संशोधन, शासकीय स्वरुप, निर्वाचन प्रणली, लोकतन्त्रको समृद्धिकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दामा सोही सम्मेलनबाट छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन । ‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं । थप सोधपुछ र ...
। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि ...
। कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ । जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए । सोही बसको टायरले कुल्चँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनमा देश जलिरहेका बेला आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भाग्नेलाई जनताले किनारा लगाउने बताएका छन् । नेता रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश जलिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठक समेत नराखेर हेलिकोप्टरबाट भागेको आरोप लगाएका छन् । अगामी १३ मंसिरमा धनगढी आयोजना गरिने ...
। सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम