मुख्य समाचार
सुदन किरातीले कम्युनिस्टको खोल छाडेर गुदी बोकेर हिंडेको जिकिर
सुदन किरातीले कम्युनिस्टको खोल छाडेर गुदी बोकेर हिंडेको जिकिर

। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले कम्युनिस्टको खोल छाडेर गुदी बोकेर हिंडेको जिकिर गरेका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले असमानता र गरिबी अन्त्य गर्न नसक्ने कम्युनिस्टको खोल छाडेर हिंडेको बताए ।

‘तपाईंहरूले कम्युनिष्ट छोड्नुभएछ नि भन्नुभयो मलाई । मलाई धेरै साथीहरूले र्‍याखर्‍याख्ती पार्नुभयो’ उनले भने, ‘हामीले खोल चाहिं उतै छोडिदिएको, गुदी बोकेर हिंडेका छौं ।’

उनले थपे, ‘जहिले पनि खोल बोकिराख्नुपर्ने, सबै खालको असमानताको अन्त्य गर्छु भन्ने सबै खालको असमानता र अन्याय गरिराख्ने, अब संसारमा त्यस्तो कम्युनिष्ट पार्टी कहीँ पनि चल्दैन ।’

नेता किरातीले नयाँ पार्टीले असमानता, विभेद र सबैखाले शोषणलाई अन्त्य गर्ने बताए । ‘हामीले राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन चाहन्छौं । तपाईंहरूले भनेको पनि त्यही होला । तर भएन । त्यसैले तपाईंहरूको खोल तपाईंहरू नै राख्नुस् । हामीलाई त्यो खोल चाहिएन । हामी गुदी बोकेर हिंड्नेछौं,’ उनले भने ।

उनले थपे, ‘नेपाली जनता र नेपाल राष्ट्रलाई हामी स्वाधीन बनाउने छौं । हामी गरिबीको अन्त्य गर्नेछौं । हाम्रो अबको लडाईं नै गरिबी, असमानता र विभेदको विरुद्धमा हुनेछ ।’

उनले अब सांस्कृतिक समतासहितको आर्थिक समृद्धिसहितको समाज निर्माणको अभियानमा लाग्ने बताए ।

‘देश र जनताको समस्यालाई समाधान गर्ने सोच र शक्ति निर्माण गर्न चाहन्छौं । हामी बोलीलाई व्यवहारमा र अनुहारलाई आचरणमा परिवर्तन गर्न चाहन्छौं’ उनले भने, ‘सबै खाले भ्रष्टाचार हाम्रा निम्ति सबैभन्दा ठूलो शत्रु हुनेछ । भ्रष्टाचारले यो देशलाई गरिब बनायो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन । ‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं । थप सोधपुछ र ...
। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि ...
। कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ । जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए । सोही बसको टायरले कुल्चँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनमा देश जलिरहेका बेला आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भाग्नेलाई जनताले किनारा लगाउने बताएका छन् । नेता रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश जलिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठक समेत नराखेर हेलिकोप्टरबाट भागेको आरोप लगाएका छन् । अगामी १३ मंसिरमा धनगढी आयोजना गरिने ...
। सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम