मुख्य समाचार
प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने
प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने

। प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे एकता घोषणा सभा आयोजना हुँदैछ ।

सो सभाको अध्यक्षता सन्तोष परियारले गर्ने, दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने र सुदन किराँतीले स्वागत मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ ।

बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।

एकतापछिको पार्टीको कार्यकारी भूमिकामा अध्यक्ष परिषद बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा गरियो । अधिकांश माओवादी धाराका शीर्ष नेता सम्मिलित प्रलोपाको मार्गदर्शक सिद्धान्त भने परिस्कृत मार्क्सवाद हुने भनिएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई, माओवादी छाडेका जनार्दन शर्मा, राम कर्मी, सुदन किराती, रास्वपा छाडेका कासन्तोष परियार लगायतका नेताहरूको सक्रियतामा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणा सभालाई ...
। अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै चिह्न लिएर चुनाव लड्ने सहमति गरेका छन् । उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने भएका छन् । ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी ...
। नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताए । ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा ...
। स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । सिन्धुलीको दुधौली घर भएका बम्जन २४ भदौ मा भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट बम्जनलाई पुन: पक्राउ गरेको थियो ...
। स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । सिन्धुलीको दुधौली घर भएका बम्जन २४ भदौ मा भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट बम्जनलाई पुन: पक्राउ गरेको थियो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम