मुख्य समाचार
बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा
बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा

। चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लँदा दुई ठूला क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने पराजित भएका छन् ।

चाँडै भएको खेलमा बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लेको हो ।

बर्नलीको मैदानमा भएको खेलमा चेल्सीका लागि पेड्रो नेटोले ३७औं र एन्जो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे ।

जितपछि चेल्सी १२ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको आर्सनल २६ अंकसहित शीर्ष स्थानमा छ ।

म्यानचेष्टर सिटीलाई चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा फर्कने अवसर थियो । तर न्युक्यासल युनाइटेडसँग २-१ ले पराजित भएपछि सिटीले त्यो मौका गुमायो ।

न्यूकासललाई जित दिलाउन हार्भे बार्न्सले दुई गोल गरे । बार्नले ६३औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । सिटीका लागि रुबेन डियाजले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर बार्न्सले ७०औं मिनेटमा व्यक्तिगत गोल दोस्रो गोल गर्दै न्यूकासललाई २-१ को अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा न्यूकासलले ३ अंक जोड्न सफल भयो ।

जितपछि न्यूकासल १२ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा उक्लेको छ । पराजित सिटी २२ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै लिभरपुलको खराब लय कायम रहँदा नटिङहम फरेस्टसँग ३-० ले पराजित भएको छ । घरेलु मैदान एनफिल्डमै लिभरपुलले लज्जादपद हार व्यहोरेको छ । सुरुवाती ६ खेलमा लगातार जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको लिभरपुल त्यसपछि लिगमा लगातार ६ खेलमा पराजित भएको हो ।

नटिङहमका लागि मुरिलो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक-एक गोल गरे ।

लिभरपुल १२ खेलबाट १८ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...