मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले पनि आपत्ति
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले पनि आपत्ति

। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले पनि आपत्ति जनाएको छ ।

फ्रन्टले प्रधानमन्त्री समक्ष प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ ।

‘सुशासन र जवाफदेहीताको नाराको बलमा बनेको सरकारमा पुन: नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ?’ जेनजी फ्रन्टले भनेको छ । उसले यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी माग गरेको छ ।

श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् ।

स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै चिह्न लिएर चुनाव लड्ने सहमति गरेका छन् । उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने भएका छन् । ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी ...
। नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताए । ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा ...
। स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । सिन्धुलीको दुधौली घर भएका बम्जन २४ भदौ मा भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट बम्जनलाई पुन: पक्राउ गरेको थियो ...
। स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अदालतको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । सिन्धुलीको दुधौली घर भएका बम्जन २४ भदौ मा भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट बम्जनलाई पुन: पक्राउ गरेको थियो ...
। गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने करिब ४० वर्षीया सिता थापा हराएको १० दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मंसिर ४ गते प्रहरीमा जानकारी गराइएको थियो । धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडास्थित मुक्तिनाथ भण्डारीको ढुंगा माटोले छाएको खाली घरमा उनी मृत अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम