मुख्य समाचार
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयका केन्द्रित
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयका केन्द्रित

: अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन क्लब र खेलाडी संघसँग छलफल गरेको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयका केन्द्रित भएको थियो।

छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिपक्षीय छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए। उनले सानो टिम बनाएर सोमबारदेखि छलफलमा बस्ने बताए। लिग सञ्चालनमा देखिएका समस्या लगायतका विषयमा निरन्तर छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ।


त्यस्तै एन्फा महासचिव किरण राईले त्रिपक्षीय छलफल भएको र आगामी दिनमा लिगलाई कसरी अघि बढाउने भन्नेबारे गृहकार्य गर्न संयुक्त समिति बनाइएको र समितिले निरन्तर छलफल गरेर ड्राफ्ट तयार पार्ने जानकारी दिए। उनले लिग गर्न एन्फा तयार रहेको भन्दै व्यवस्थापनका बारेमा एकरुपताका साथ अघि बढ्ने बताए।


यसअघि ए डिभिजन क्लबले पूर्व सहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राखेको थियो भने खेलाडी संघले क्यालेन्डरमा उल्लेख भएअनुसार पुसबाटै ए डिभिजन लिग गर्नुपर्ने माग राखेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन्। आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ। स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएका कारण प्रतियोगितामा ...
— हार्भी बारनेसले गरेको दुई गोलको मदतले न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । सिटीका तर्फबाट रुबेन डियासले एक गोल फर्काए । यो हारपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याउने अवसर गुमाएको छ र २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ भने आर्सनलको ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबोआमाथि ४–० को सजिलो जित निकाल्दै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ । रियल म्याड्रिड पनि समान ३१ अंक छ । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे । यस्तै रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले एक एक गोल ...
— नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा शनिबार एक अंकको अग्रता लिएको छ । उसले यसका लागि एटलान्टालाई आफ्नो घरमा ३–१ ले हरायो । त्यसमा डेविड नेरेसले दुई गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियन नेपोलीको २५ अंक भएको छ । इन्टर मिलान, बोलोग्ना र एएस रोमा तीनै टिम समान २४ अंकमा शीर्ष चार भित्र रहेका ...
— भ्यालेन्सियाले स्पेनी ला लिगामा शुक्रबार राति लेभान्टेलाई १–० ले पराजित गरेको छ । यसमा ह्युगो डुरोले ७९ औं मिनेटमा निर्णायक गोल गरे । मेस्टाला रंगशालामा भएको खेलमा भ्यालेन्सियाले थप आक्रमण बुने पनि गोल भने हुन सकेन । यो जित उसका लागि ठूलो राहत लिएर आएको छ । भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम