मुख्य समाचार
बसपार्कमा तन्नाले बेरेर फालिएकाको शव तेस्रो लिंगीको,भएन सनाखत
बसपार्कमा तन्नाले बेरेर फालिएकाको शव तेस्रो लिंगीको,भएन सनाखत

: नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव पोष्टमार्टमका लागि शनिबार नै शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो । उनका अनुसार पुरुषको कपडा लगाएका करिब २५ /२६ वर्षीय ति व्यक्तिका बारेमा अनुसन्धान भइरहेको छ।


शव तेस्रो लिंगीको रहेको खुलेको छ । शवको सनाखत भने हुन सकेको छैन। शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको प्रवक्ता भट्टराईले बताए। उनले भने,'हामी सबै टोली खटेर अनुसन्धान गरिरहेका छौं । मृतक व्यक्तिलाई अन्त कतै हत्या गरेर त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ ।'


प्रहरीका अनुसार एकजना तेस्रो लिंगी व्यक्ति हराएको उजुरी आएको थियो । तर,अनुसन्धानका क्रममा ती व्यक्ति नभएको खुलेको प्रहरीका भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा ...
: नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो। आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन ...
: सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम 'आदेश किन जारी हुनु नपर्ने हो'भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको हो। राजदूत फिर्ता बोलाउने सरकारको ...
: जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गतेसम्ममा दर्ता भएका मतदाता नामावली तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लामा १६ हजार ८ सय ७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६ सय ६९ ...
: पूर्वमन्त्री एवम् एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन्। सुनसरीमा आयोजित राष्ट्रिय युवा संघको कोशी जागरणसभामा सहभागी हुन गइरहेका बेला लोला हानेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका हुन् । उनले विराटनगर विमानस्थलमा आफूमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम