: इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन्।
आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ। स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएका कारण प्रतियोगितामा सहभागिता जनाउन नसक्ने मुख्य प्रशिक्षक नवीन न्यौपाने बताए। सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको उनले बताए। एक हप्ताको प्रशिक्षणका क्रममा नेपाली टोली बलियो रूपमा खेल्नका लागि तयार देखिएको उनको भनाइ छ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले त्रिदेशीय प्रतियोगितामा सावित्रा नभएपनि अन्य खेलाडीहरूले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्। इन्डनेसिया र चाइनिज ताइपेइसँगको खेलमा सबैको मनोबल समेत उच्च रहेकाले नजिता आफ्नो पक्षमा आउने उनले बताइन्।