: जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गतेसम्ममा दर्ता भएका मतदाता नामावली तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लामा १६ हजार ८ सय ७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६ सय ६९ रहेको छ। त्यसमध्ये पुरुष ३ हजार ८ सय १७ र महिला २ हजार ८ सय ८२ रहेको निर्वाचन अधिकारी दासले जानकारी दिए। त्यस्तै, राष्ट्रिय परिचयपत्र मार्फत प्राप्त आवेदन सङ्ख्या १० हजार १ सय ७८ रहेको छ।
प्रत्यक्ष दर्ता र राष्ट्रिय परिचय पत्र दुवै प्रक्रियाबाट प्राप्त विवरण अनुसार नयाँ दर्ता सङ्ख्या १६ हजार ८ सय ७७ पुगेको निर्वाचन अधिकारी दासले जानकारी दिए।
सोही अवधिमा त्रुटि सच्याउन प्राप्त आवेदन संख्या ४ सय ६५ रहेको छ। सो मध्ये ठेगाना बदल्न ५ सय ८७ आवेदन प्राप्त भएको थियो। जिल्लाको साबिक मतदाता सङ्ख्या ४ लाख २१, हजार ६९३ रहेको छ। नयाँ दर्ता, संशोधन र स्थानान्तरण मिलाएर मतदाता तथ्यांकलाई अद्यावधिक गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ।