मुख्य समाचार
ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

: झापाको मेचीनगरमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर –१५ का ३८ वर्षीय विनोद राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ६ बजे मेचीनगर–१५ हेद्लुबारीस्थित भित्री सडक खण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकिराखेको प्र।१–०१–००१ त ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुवै जनालाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । साँझ ७:४५ बजे बीएण्डसी अस्पतालमा घाइते राउतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यता ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर –१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा ...
: नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो। आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन ...
: नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव ...
: सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम 'आदेश किन जारी हुनु नपर्ने हो'भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको हो। राजदूत फिर्ता बोलाउने सरकारको ...
: जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गतेसम्ममा दर्ता भएका मतदाता नामावली तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लामा १६ हजार ८ सय ७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६ सय ६९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम