— प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालतकाे अवहेलना निवेदनमा सर्वाेच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश गरेकाे छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले साे आदेश गरेको हो । राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेको भन्दै सर्वाेच्चमा दुई थान निवेदन दर्ता भएकाे थियाे ।