मुख्य समाचार
दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ
दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ

— रौतहटको चन्द्र्रनिगाहपुरमा सशस्त्र प्रहरीले शनिबार दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकबारे अनुसन्धान गर्न सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।


चन्द्रपुर नगरपालिका–४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरी बलको टोलीले पैदल हिँडिरहेको अवस्थामा चेक गर्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई मेड इन इटाली लेखेको अटोमेटिक बेरेटा पेस्तोल १, सोको म्याग्जिन एक र ब्राउनिङ (सीएफ) लेखेको पेस्तोल एक, सोको म्यागजिन एक र १३ राउन्ड गोली, खुकुरीसहित पक्राउ गरिएको सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए ।

डीआईजी ढकालका अनुसार सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको हो । दुवै पेस्तोल अत्याधुनिक छन् ।

बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल हेटौंडास्थित पदमपोखरीमा बस्ने आचार्यले कहाँबाट पेस्तोल ल्याए र त्यसको उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेका आचार्यलाई हतियारसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । १९ वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए । प्रहरीका अनुसार दुई दिनअगाडि ...
— कांग्रेसले जेन–जेड प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको ठहर गरेको छ । असोज २८ देखि बसेको केन्द्रीय कार्यसमितिको शनिबारको बैठकले आंशिक निर्णय गर्दै सुशासन र पारदर्शिता लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गरिनुपर्ने निर्णय गरेको हो । ‘संविधानको मर्म र मूल्य मान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र ...
— २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनम भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकिएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस र दोस्रो रहेको एमालेले भने हालसम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका छैनन् । कांग्रेसले शनिबार निर्वाचनमा भाग ...
— रौतहटको सदरमुकाम गौरमा शनिबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो । मौलापुर नगरपालिका-४ पतौरा टोल घर भई गौर नगरपालिका-५ बस्दै आएका सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । गौरस्थित हनुमान मन्दिर नजिक स्थानीय ...
— राहदानी अभावको समस्या समाधान गर्न राहदानी विभागले पुरानै आपूर्तिकर्तासँग थप ७ लाख प्रति राहदानी खरिद गर्ने भएको छ । विभागले फ्रान्सेली कम्पनी आइडेमियासँग थप राहदानी खरिद गर्न सम्झौता गरेको हो । भण्डार रित्तिँदै गएपछि विभागले राहदानी वितरणमा दुई तिहाइले कटौती गरेको थियो । विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजार प्रति राहदानी वितरण हुँदै ...