मुख्य समाचार
भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी
भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी

— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।


जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको छ । पश्चिमा र अन्य शक्तिशाली देशका ठूला प्रविधि कम्पनीहरूले विगत दुई दशकदेखि दक्षिण एसियाली प्रयोगकर्ताहरूलाई ‘डेटा-खानी’ का रूपमा लिँदै आएको हुनाले यसलाई चुनौती दिन यो प्लाटफर्म बनाइएको कम्पनीको दाबी छ ।

यस एपले प्रयोगकर्ताको कुनै पनि डेटा संकलन नगर्ने र सुरक्षाका लागि यसबाट तस्बिर र भिडियो डाउनलोड एवं सेयर गर्ने सुविधा नराखिएको कम्पनीले जनाएको छ । अब यस एपलाई नेपालमा समेत परिचित गराइने सफ्टाका सञ्चार अधिकृत अश्विनी कुमार निगमले काठमाडौँमा आयोजित पत्रकार भेटमा जानकारी दिए । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता प्रक्रियासमेत अघि बढेको उनको भनाइ छ । 'हामी सबै प्रक्रिया पूरा गरेर एप सार्वजनिक गर्छौँ,' उनले भने ।

जेक्टरलाई विश्वकै पहिलो ‘बाइ डिजाइन फ्रिडम प्लाटफर्म’ अर्थात कसैको अधिनमा नरहने गरी निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘जिरो बिहाभियर ट्र्याकिङ मोडल यसको मुख्य विशेषता हो, जेक्टरमा ट्र्याकिङ, प्रोफाइलिङ वा अल्गोरिदमको जालझेल हुँदैन, प्रयोगकर्ताको पूर्ण नियन्त्रणमा एप चल्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको जिरो नलेज पनि विशेष पक्ष हो । यसमा प्रयोगकर्ताको डेटा यति बलियोसँग इन्क्रिप्ट गरिएको छ कि, कम्पनी स्वयंले हेर्न वा पहिल्याउन सक्दैन ।’

जेक्टरले महिलाको डिजिटल सुरक्षालाई विशेष महत्त्व दिँदै फोटो र भिडियो डाउनलोड गर्न वा अन्य पठाउन नसकिने व्यवस्था गरेको छ । साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नग्नता पहिचान गरी हानिकारक विषय रियल टाइममै ब्लक गर्नुका साथै ठगी नियतका कन्टेन्टहरू पनि पहिलो चरणममै रोक्ने कम्पनीको दाबी छ । बिहारको औरङ्गाबादमा जन्मिएका र हाल फिनल्यान्डका नागरिक सुनीलकुमार सिंहले यस एपको परिकल्पना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि स्टोरेज पोलिसीमा ठूलो परिवर्तन गर्दैछ। अहिलेसम्म गुगल अकाउन्टसँग नि:शुल्क मिल्ने १५ जीबी स्टोरेज उपलब्ध थियो। यस स्टोरेजमा जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा मात्र गनिन्थ्यो। तर ७ जुलाइदेखि नयाँ नियमहरू लागू भएका छन्। यी नयाँ नियमहरू अन्तर्गत अब तपाईंको एन्ड्रोइड फोनको सबै ब्याकअप डेटा पनि यसैमा गनिनेछ। यस ब्याकअप ...
एआई कम्पनी ओपनएआईले वास्तविक समयमा एकैसाथ सुन्न र बोल्न सक्ने क्षमता भएको आवाजमा आधारित नयाँ मोडल ‘जीपीटी-लाइभ’ सार्वजनिक गरेको छ। आईपीओको तयारीमा रहेको यस एआई स्टार्टअपले बुधबार विश्वभरका प्रयोगकर्ताहरूका लागि जीपीटी-लाइभका दुई संस्करणहरू जीपीटी-लाइभ-१ र जीपीटी-लाइभ-१ मिनी उपलब्ध गराउने घोषणा गरेको हो। यसअघि गत मे महिनामा पनि ओपनएआईले आफ्नो डेभलपर प्लेटफर्मका लागि तीनवटा अडियो मोडलहरू ल्याएको थियो ...
। मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित बनाएको छ। यस नयाँ अपडेट अन्तर्गत एआईद्वारा अटोमेटेड रूपमा तयार हुने बाइलिङ्गुअल क्याप्सन, परिष्कृत क्रिएटिभ टेम्पलेट र नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएका छन्। यस हप्ताको सबैभन्दा मुख्य अपडेट एआईबाट चल्ने ‘अटो-जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ हो । जसले क्रिएटरहरूलाई नयाँ अन्तर्राष्ट्रिय ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको छ । सरकारको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा अवैध अनलाइन सट्टेबाजी र जुवाका डोमेन लिंकहरू बन्द गरिएको पनि उल्लेख छ । ‘नेपालभित्र सञ्चालनमा रहेका २६ वटा रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल दुई ...
। युट्युबले यस सप्तान्तमा अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको उत्सव मनाउन प्रयोगकर्ताहरूका लागि विभिन्न नयाँ फिचरहरू घोषणा गरेको छ। यसअन्तर्गत अमेरिका २५० का सामग्रीहरूका लागि एउटा केन्द्रीय हब, नयाँ गेम्स र विशेष इफेक्टहरू समावेश गरिएका छन्। पहिलो फिचरअन्तर्गत युट्युबले ‘अमेरिका २५० हब’ तयार पारेको छ। युट्युबमा यस उत्सवसँग सम्बन्धित सामग्रीहरू खोज्ने प्रयोगकर्ताहरूलाई यो हब देखाइनेछ। यसले यस ऐतिहासिक अवसरका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम