मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

— मेचीनगर नगरपालिका-१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।


सोही वडाका ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएको थियो । उपचारकै क्रममा राउतको मृत्यु भएको उहाँले बताउनुभयो । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आउनुभएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको शनिबार मृत्यु भएको छ । शनिबार दिउँसो अचानक चक्कर लागि बेहोस भएपछि उहाँलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियो । उपचारका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । 'मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी ...
— चितवनको कालिका नगरपालिका-११ सिद्धि कल्याणचौरमा शनिबार राति भएको दुर्घटनामा एकजनाको निधन भएको छ । दुर्घटनामा खैरहनी नगरपालिका-४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते भएका उनलाई उपचारका लागि भरतपुर पुर्‍याइए पनि राति नै उनको मृत्यु भएको थियो। न्यौपानेले चलाएको बा १८ च ८९७३ नम्बरको ...
— आफ्नै छिमेकीलाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा सल्यानमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका-६ सेराडाँडा घर भएका १९ वर्षीय पत्रुस दर्लामी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीका अनुसार दर्लामीले स्थानीय १८ वर्षीय डम्मर बिकलाई बन्चरो प्रहार गरेका थिए । दर्लामीलाई घर ...
— ठेकदारको लापरबाहीका कारण उदयपुरको त्रियुगा बसपार्क निर्माणको काम अलपत्र परेको छ । चार वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आउनुपर्ने बसपार्क अलपत्र बनेको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याको चापलाई मध्यनजर गर्दै कोशी प्रदेशकै नमुना बसपार्कको रुपमा २०७६ सालबाट सुरु गरिएको बसपार्क निमार्णको काम अधुरै छाडेर ठेकदार कम्पनी ‘बेपत्ता’ भएको हो । त्रियुगा नगरपालिका–१२ गाईघाटस्थित त्रियुगा ...
— भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र निर्माण प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ ...