मुख्य समाचार
विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराए
विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराए

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको छ। यो विराटनगरको लगातार दोस्रो जित हो। काठमान्डुको भने यो दोस्रो हार हो।

त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो।


विराटनगरको लागि जर्ज मुन्सेले सर्वाधिक उनले १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए। दोस्रो विकेटको लागि मुन्सेले मार्टिन गप्टिलसँग ५३ रनको साझेदारी गरे।


विराटनगरको पहिलो विकेटको रुपमा लोकेश बमको विकेट गयो। लोकेशले १० बलमा २ छक्कासहित १४ रन बनाएर क्याच भए। दोस्रो विकेटको रुपमा जर्ज मुन्सेको विकेट गयो। मार्टिन गप्टिलले १९ बलमा २५ रन बनाए।

वसिर अहमद १९ रनमा क्याच भए। नरेन भट्ट ले २४ रन बनाए। शुभम रञ्जाने ६ र सन्दीप लामीछाने ९ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजको लागि बलिङ तर्फ साहब आलमले २ र करण केसी, जेहरार्ड इरास्मस र सन्तोष यादवले १–१ विकेट लिए।

पहिलो इनिङ्समा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

काठमान्डुको लागि आदिल आलमले ३ पटक जीवनदान पाउँदै ४८ रनमा अविजित रहे। उनले । २५ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

ओपनर आकाश त्रिपाठी डकआउट हुँदा, रिकार्डो भास्कोन्सेलोस ३ र प्रतिक श्रेठ ३ रनमा पेभेलियन फर्किए। जेहरार्ड इरास्मरले १० रन बनाए।

पाँचौं विकेटको रुपमा वेन चार्लेसवर्थले ३२ रन बनाएर पेभेलियन फर्किए । काठमान्डुले १७.४ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो।

१७.५ मा काठमान्डुले छैटौँ विकेट गुमायो। सन्तोष यादवले २४ बलमा १ छक्कासहित २६ रन बनाए। छैटौँ विकेटका लागि आदिल आलम र सन्तोष यादवले ४५ रनको साझेदारी गरे। धरापमा परेको काठमान्डुको ब्याटिङलाई आदिल र सन्तोषले उकास्दै १०० माथि पुर्याएका थिए। जोन सिम्पसन ७ रनमा अविजित रहे।

विराटनगर किंग्सको लागि मर्चेन्ट डी लाङ्गेले २ विकेट लिँदा, शुभम सञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले १–१ विकेट लिए।

विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।

काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो।

जनकपुर बोल्ट्स बाहेक सबै टिमले दुई खेल खेलिसकेका छन्। आइतबार कुनैपनि खेल छैनन्। सोमबार दुई खेल छन्। सोमबारको पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबिच हुनेछ। दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...