। कर्णाली याक्सका ओपनर मार्क वाटले शतक प्रहार गरेका छन् । एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो ।
वाटले ४१ बलमा १०१ रन बनाएका हुन् । १० छक्का र ६ चौका मद्दतमा उनले शतक प्रहार गरेका हुन् ।
४४ बलमा ११४ रन प्रहार गरेका वाटले अविजित रहँदै टिमलाई जिताए । उनले १२ छक्का र ६ चौका प्रहार गरेका छन् ।
यो खेल कर्णालीले ९ विकेटले जितेको छ ।
पहिलो खेलमा कर्णालीकै प्रियांक पान्चलले ९० रन प्रहार गरेका थिए । चितवन राइनोजससँगको उक्त खेलमा भने कर्णाली पराजित भएको थियो ।