मुख्य समाचार
देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने
देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने बताएका हुन्।

अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए। जेनजीका नाममा केहि व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए।


अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिए। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने उनले बताए। उनले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने भन्दै प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने उल्लेख गरे।


अध्यक्ष ओलीले एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको भन्दै कसैको धम्की वा घेराबन्दीबाट नडराउने स्पष्ट पारे।

एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार काठमाडौंमा जनसभाको आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् । ‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् । साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै ...
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको हो । फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताए । शवको सनाखत भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले बागमती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । मन्त्री घिसिङले नदी ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’ साथै, ...
। रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा ...