मुख्य समाचार
सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ
सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ

: सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी शनिबार बिहान मोरङबाट पक्राउ परेका छन्। जेनजी आन्दोलनको मौका छोपेर फरार भएका मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३० वर्षीय वविनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चौधरी कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी हुन्। चौधरीलाई घरनजिकैबाट शनिबार बिहान ८:५० बजेतिर पक्राउ गरिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले दिए।

चौधरीलाई कर्तव्य ज्यान मुद्दामा अदालतले २५ वर्ष (जन्मकैद) कैद हुने फैसला सुनाएको थियो। झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते भागेका थिए। विशेष सूचनाका आधारमा मोरङको अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको असई (प्रहरी सहायक निरीक्षक) रमेश खतिवडा नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको एसपी कटवालले बताए।


पक्राउ परेका चौधरीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जेनजी आन्दोलनको मौका छोपेर र अन्य समयमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्नका लागि मोरङमा विशेष अभियान सञ्चालन गरिएको जानकारी एसपी कटवालले दिए। त्यस्तै, लागुऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका–३ बाट पक्राउ गरेको छ।


लागुऔषध सम्बन्धी चालु मुद्दामा जिल्ला अदालत मोरङबाट प्रहरीले पक्राउ अनुमति लिएर मिक्लाजुङ–३ का २१ वर्षीय करण खिनाल दर्जीलाई पक्राउ गरेको हो। शुक्रबार साँझ पक्राउ परेका दर्जी केही समयदेखि फरार थिए। एसपी कटवालका अनुसार दर्जीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् । ‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् । साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै ...
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको हो । फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताए । शवको सनाखत भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले बागमती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । मन्त्री घिसिङले नदी ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’ साथै, ...
। रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा ...