मुख्य समाचार
असंवैधानिक ढङ्गले भंग भएको प्रतिनिधि सभा अविलम्ब पुनर्स्थापना हुनुपर्छ
असंवैधानिक ढङ्गले भंग भएको प्रतिनिधि सभा अविलम्ब पुनर्स्थापना हुनुपर्छ

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुने दाबी गरेका छन्। भृकुटीमण्डपमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


अध्यक्ष ओलीले असंवैधानिक ढङ्गले भंग भएको प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापना हुनुपर्ने बताए। उनले भने,ʻहुन्छ पनि अब अर्को बाटो छैन। त्यही बाटोबाट देश अगाडि बढ्छ।ʼ


अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना मात्रै देशको सही समाधान भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् । ‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् । साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै ...
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको हो । फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताए । शवको सनाखत भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले बागमती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । मन्त्री घिसिङले नदी ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’ साथै, ...
। रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा ...