मुख्य समाचार
अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने
अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब युवाहरूलाई नै मुलुकको जिम्मेवारी सुम्पिने बताएका छन् ।

यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी कार्यकर्तासँग संवाद कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो पुस्ताले वैचारिक रुपमा, सांस्कृतिक रुपमा युवा पुस्तालाई गाइडेड गर्ने बताए ।

‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ,’ प्रचण्डले भने ।

यो वातावरण बनाउन आफू लागि परेको पनि उनले बताए । नेपालको भविष्यलाई ख्याल गरेर अगाडि बढनुपर्ने, नेपालको विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अगाडि बढ्नुपर्नेमापनि उनको जोड रहेको छ ।


आफूहरूले निरन्तर संसद्मा रहेर संघर्षमा गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेनजी आन्दोलन भएपछि थप उर्जा प्राप्त भएको पनि प्रचण्डले बताए ।

जेनजी पुस्ताले पहलकदमी लिएर २३ र २४ भदौमा गरेको आन्दोलनले देशलाई र विश्वभर रहेका नेपालीहरूलाई राम्रैसँग झकझक्याएको पनि प्रचण्डले बताए । त्यसले एउटा नयाँ परिस्थिति निर्माण गरेको र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित र बाध्य दुवै पारेको प्रचण्डको भनाइ रहेको छ ।

यस अर्थमा आन्दोलनमा सहभागी सबै बधाइका पात्र रहेको उल्लेख गर्दै उनले भने, ‘जेनजी युवाहरूले उठाएका माग सही छन् । आन्दोलनको उदेश्य सही छ ।’

यो विषय आफूले भदौ २३ मै पनि भनेको र तत्कालीन सरकारलाई सही माग राखेर भएको आन्दोलनमा बल प्रयोग नगरोस् भनेको पनि स्मरण गरे ।

आफूहरूको माग र जेनजीहरूको मागमा समानता देखिएको पनि उनले बताए । मागमा समानता भएपनि आफूहरूबाट विगतमा जति गर्न सक्नुपर्दथ्यो त्यति गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै अगाडि बढ्न तयार भएको उनको भनाइ छ ।

युवाहरूको स्पिरिट अनुसार नयाँ नेपाल निर्माण गर्ने संकल्प लिन भने फेरि एकै ठाउँमा रहन सकिने उनले आग्रह गरे ।

आफू १६ वर्ष उमेर पुगेपछि पार्टीमा जोडिएर राजनीतिमा संलग्न भएको पनि उनले स्मरण गरे । २७ वर्षको उमेरमा युवक संगठनको अध्यक्ष भएको र ३५ वर्षको उमेरमा पुग्दा आफू पार्टीको प्रमुख नेता भएको सुनाए ।

युवाहरूलाई नै लिएर आफूले १० वर्षे सशस्त्रयुद्ध गरेको र २०६२/०६३ को आन्दोलनमा युवाहरूकै सक्रियता रहेको पनि प्रचण्डले सविस्तार व्याख्या गरे । उनका अनुसार युवाहरूकै सक्रियतामा नेपालमा संविधान सभाको निर्वाचन हुन सकेको, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आउन सकेको हो ।

महिला, दलित, आदिवासी, जनजाती, थारु, मुस्लिम, मधेशी लगायत सबै उत्पिडत वर्ग र समुदायले समावेशिता प्राप्त गर्ने आधार तयार गर्नमा समेत युवाको सक्रियता र खबरदारी महत्वपूर्ण रहेको उनको भनाइ रहेको छ ।

विगतमा आफूहरू नेपालबाट सामन्ती उत्पिडनको अन्त्यको सपना देखेर राजनीतिमा आर्कर्षित भएको उल्लेख गर्दै उनले अहिलेका युवाहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको सपना देखेको आफूले पाएको बताए ।

युवाहरूले वैैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल अर्थात् जनगणतन्त्रसम्म पुग्ने सपना समेत युवाहरूमा रहेको पाउँदा खुसी लागेको सुनाए ।

अब जुन पुस्तामा रहेको भएता पनि युवाको सपना पुरा गर्न सकै एक हुनुपर्ने र त्यसका लागि आफूहरू तयार भएर अगाडि बढेको प्रचण्डको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् । ‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् । साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै ...
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको हो । फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताए । शवको सनाखत भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले बागमती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । मन्त्री घिसिङले नदी ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंशको जगमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको पनि जिकिर गरे । ‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’ साथै, ...
। रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा ...