मुख्य समाचार
कर्णालीका गाउँ–गाउँमा फोरजी सेवा मागेर सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापनपत्र
कर्णालीका गाउँ–गाउँमा फोरजी सेवा मागेर सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापनपत्र

। कर्णालीका गाउँ–गाउँमा फोरजी सेवा मागेर सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ ।

युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री खरेललाई भेटेर यस्तो माग राखेको हो ।


सरकारले शहरमा फ्रि वाइफाइको प्रचारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको तर, ग्रामीण भेगलाई बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

भन्दै कर्णालीको वास्तविक समस्या पहिला सम्बोधन गर्न आग्रह गरेको थियो।

मुगुको सोरु गाउँपालिकाले पनि फोरजी सेवा विस्तारका लागि सरकारसँग सहयोग मागेको छ । युवाहरूले उक्त गाउँपालिकाको पत्र समेत सञ्चारमन्त्री खरेललाई बुझाएका छन् ।

युवाहरूको ज्ञापनपत्र र सोरु गाउँपालिकाको पत्र बुझ्दै सञ्चारमन्त्री खरेलले कर्णाली आफ्नो मुख्य लक्ष्य क्षेत्र रहेको भन्दै फोरजी सेवा विस्तारका लागि तत्काल र दीर्घकालीन पहल थालिने प्रतिवद्धता जनाएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि अनिवार्य रूपमा गर्नैपर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रूपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन्। महामन्त्री थापाले निर्वाचनअघि नियमित महाधिवेशन गर्नका लागि समय ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसेर हेडक्वार्टर तानिएकोप्रति आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यसप्रति आपत्ति जनाएका हुन् । बारामा पछिल्लोपटक भएको घटनापछि हिजो (शुक्रबार) मात्रै बाराका एसपी तामाङलाई हेडक्वार्टर तानेको थियो । तर, ओलीले त्यसप्रति आपत्ति जनाउँदै प्रश्न गरेका छन्, ‘के अब प्रहरी ...
: झापाको गौरादहमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-६ आरतिनगर निवासी ५० वर्षीय रामकुमार ताजपुरिया रहेका छन्। आज दिउँसो १२:२० बजे गौरादह-६ र गौरीगंज-६ को सिमाना पर्ने रामचन्द्रे खोलामा ताजपुरिया करेन्ट लगाएर माछा मार्न गएका थिए। आफ्नो घरदेखि २०० मिटर उत्तर पश्चिम पर्ने खोलामा घरको २२० भोल्ट लाइनको तार ...
। नेकपा एमाले बागमती प्रदेश कमिटीले आज काठमाडौंको भृकुटी मण्डपमा प्रदर्शनसहित जनसभा गरेको छ । ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ एमालेले जनसभा गरेको हो । जेनजी आन्दोलनमा जगमा बनेको सरकार असंवैधानिक भएको बताउँदै आएको एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिरहेको छ । त्यसकै लागि एमालेले शक्ति प्रदर्शन गरेको हो । भृकुटीमण्डपमा सभा ...