मुख्य समाचार
आफूले सम्हालिरहेका मन्त्रालयका सचिवलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन
आफूले सम्हालिरहेका मन्त्रालयका सचिवलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन

: प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवलाई सिंहदरबारमा उनले विशेष निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले सचिवहरूलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरूको मुख नताक्न निर्देशन दिइन्। जेनजी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न उनले भनिन्।


उनले भनिन्, ‘हामी अस्थायी हौँ। म क्षणिक हो। ब्युरोक्रेसी स्थायी सरकार हो। तपाईँहरू यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ। अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईँहरूसँग हुन्छ। मेरो दाहिने–देब्रे जे भने पनि तपाईँहरू हो। मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईँहरूले नै गर्ने हो। बोलेर मात्र हुँदैन। काम त तपाईँहरूले नै गर्ने हो। त्यसैले नतिजामुखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्।’


मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरू केही छन् भने पनि तुरुन्त अगाडि बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो।राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक र उच्च जनसम्पर्क हुने सेवाहरूमा नागरिकको भौतिक उपस्थिति शून्यमा झार्ने गरी ई–गभर्नेन्स प्रणालीलाई युद्धस्तरमा लागू गर्न पनि उनले निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले पुँजीगत बजेट कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर यसको मासिक प्रगति अनुगमन गरी खर्चमा ढिलाइ गर्ने वा अवरोध सिर्जना गर्ने आयोजना प्रमुख वा जिम्मेवार कर्मचारीमाथि कडाइका साथ कार्यसम्पादन करार लागू गरी तत्काल स्पष्टीकरण र कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र सोही कुरा र टेलिभिजनमार्फत् पनि भनेको आरोपमा दोषी ...
। बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो । बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।
। प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छिन् । सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उजागर गरेका छन् । प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह ...
। रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् । दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले ...
। बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् । शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् । बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको ...