मुख्य समाचार
एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दै
एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दै

: नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गर्दैछ। बागमती प्रदेश कमिटीले आयोजना गरेको एमाले प्रदर्शनीमार्गमा आज ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरेको हो।

जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ। एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको हो।


एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा वडा, पालिका, जिल्ला तहबाट जनपरिचालन कार्यक्रम गरिसकेको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा भने आज प्रदर्शन गर्न लागेको हो।


गत असोज ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ गते देशैभरीका वडाहरुमा एमालेले वडा भेला गरेको थियो। २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय र्‍याली र कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्ला स्तरीय जनसभा आयोजना गरिसकेको छ। ‘आजको कार्यक्रमपछि पहिलो चरणको जनपरिचालन समापन हुन्छ’ गौतमले भने ‘यसपछि मंसिर २७ गते ११ औं महाधिवेशन उद्घाटनका क्रममा फेरि काठमाडौंमा विशाल जनसभा गर्नेछौं।’

गौतमका अनुसार एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ। प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताए। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्नेछन्।

एमालेले शुक्रबार नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) पुष्पराज श्रेष्ठको नेतृत्वमा केन्द्रीय कमान्ड घोषणा गरेको थियो। काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरकेा हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् । दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले ...
। बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् । शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् । बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको ...
अर्थ मन्त्रालयका २० सवारीसाधनको गरियो पूर्णबीमा
।पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना सख्त घाइते भएका छन् । शुक्रबार राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको ...
। उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ । साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ । यो पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय छ । केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालका अनुसार दल दर्तासँगै पार्टीको बृहत घोषणासभाको तयारी गरिएको ...