मुख्य समाचार
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको

— नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन् ।


विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा वक्ता रहेका पुनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए ।

द्वन्द्वको प्रमुख कारण वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र सांस्कृतिक विभेद रहेको चर्चा गर्दै उनले संविधानमार्फत ती विभेद अन्त्यको प्रयास गरिएको पुनले उल्लेख गरे । ‘नेपालमा द्वन्द्वको कारण पनि मौलिक छन् र हामीले समाधान पनि मौलिक ढंगले नै खोज्ने कोसिस गरेका छौं । यतिसम्मकी द्वन्द्वरत पक्षको पात्रहरु फेरिएसँगै द्वन्द्वमा आमनेसामने भएका शक्तिहरुबीचसमेत त्यतिबेलाको संस्थापन पक्षसँग लड्न मिल्नुपर्ने अवस्था आयो’, पुनले भने, ‘द्वन्द्व समाधानका लागि अन्तर्राष्ट्रिय एजेन्सीको पनि सहयोग लियौं । तर, मूलतः हामीले आफ्नै मौलिकतामा यसलाई अगाडि बढायौं । हाम्रो मौलिक अनुभव अहिले विश्वको द्वन्द्व व्यवस्थापनका लागि काम लागिरहेको छ ।’

उनले तत्कालीन नेकपा माओवादीको एजेन्डाअनुसार राज्य पुनर्संरचनामार्फत पछि पारिएका वर्ग, क्षेत्र र सीमान्तकृत समुदायलाई रायको मूल प्रवाहमा समावेश गरिएको बताए । ‘हिजो दलितमाथि खुलेआम विभेद र छुवाछुत थियो । आज दण्डनीय मात्र होइन, राज्यको निकायमा त्यो समुदायको उपस्थिति ग्यारेन्टी गरिएको छ । निजामती सेवामा २७ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति छ । २५ प्रतिशत महिला सम्पत्तिका मालिक भएका छन्’, पुनले भने, ‘काठमाडौंमा मात्र सीमित हुने राज्यको स्रोत संघीयतामार्फत मधेश, कर्णाली र सुदूरपश्चिमजस्ता पछि परेका क्षेत्रमा सिधैं पुगेको छ । हाम्रो प्रस्तावमा सबै राजनीतिक शक्तिबीचको सहमतिमा मात्र होइन, आमजनताले संविधानसभामार्फत संविधान निर्माण गरेर यी कुराहरुको सुनिश्चितता गरिएको छ । पछि पारिएका समुदाय र क्षेत्र राज्यको मूलप्रवाहीकरणमा समावेश भएका छन् ।’

पुनले राज्य पुनर्संरचनापछि काठमाडौं केन्द्रित असन्तुलित विकास र स्रोतको वितरण प्रक्रिया न्यायोचित भएको तर्क गरे । फरक प्रसंगमा पुनले पछिल्लो समय विश्व राजनीतिक रंगमञ्चमा द्वन्द्वका रुप, कारण तथा प्रभावहरुमा महत्त्वपूर्ण बदलाव आएको र नेपालमा पछि त्यसको बाछिटा देखिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग वार्ता गर्ने नाममा सरकारले ‘तमासा’ गरेको आरोप लगएका छन् । एमाले युवाहरुको 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गर्दै ओलीले मुलुकको समस्या समाधान गर्न मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न उनले आग्रह गरे । ‘वार्तामा १२५ पार्टीहरुलाई बोलाएर कांग्रेस-एमालेलाई अपमान गरिएको छ । वार्ताका नाममा यो तमसा हो,' उनले भने, 'तर हामी ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् । नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे । ‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका ...
— एमालेले युवाहरुको अर्को संगठन 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ...
: दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका ...
— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुन परिवर्तन गर्न विधेयकको मस्यौदा तयार पार्ने काम अघि बढाएको छ । शिक्षामन्त्री महावीर पुनले विधेयक तयार पार्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्वउपकुलपति केदारभक्त माथेमालगायत विभिन्न विश्वविद्यालयका उपकुलपति सदस्य छन् । सरकारले २०८० पुसमा उच्च शिक्षा विधेयकको एकीकृत विधेयक अघि ...