: दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो ।
साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका लागि आएका थिए । बस अचानक अनियन्त्रित भइ सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
घाइतेहरूको उद्दार गरी उपचारका लागि तानसेनस्थित युनायटेड मिसन अस्पताल ठाइएको छ । उनीहरूको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।