मुख्य समाचार
मन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण
मन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण

— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण गरेका छन् ।


घिसिङले सिरहाका बासिन्दासमेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतलगायतलाई सँगै लगेर शुक्रबार कमला पुलको निरीक्षण गरेका हुन् ।

यो पुल निर्माणका लागि २०६८ जेठमै २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताबमोजिम २०७१ मंसिरमै पुल निर्माण भइसक्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले पटक-पटक म्याद थपिँदा पनि काम हुन सकेन ।

स्थानीयको आन्दोलनपछि १० वर्षमा निर्माणको अन्तिम चरणमा परेको यो पुल २०७८ असार १७ मा कमला नदीमा आएको बाढी थेक्न नसकी भासियो । त्यसयता ठेकेदारले पुनर्निर्माण गर्ने भने पनि कहिले पुल बन्ने भन्ने कुरा अन्योल छ ।

मन्त्री घिसिङले प्राविधिक कुरालाई सम्बोधन सरकारले गर्दै तीव्र गतिमा पुल निर्माणको काम अघि बढाउने प्रतिबद्धता गरे । उनले विगतमा पुल निर्माणमा भएको अनियमितताका विषयमा अख्तियारले छानबिन गरिरहेको भन्दै संलग्नलाई कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले युवाहरुको अर्को संगठन 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ...
: दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका ...
— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुन परिवर्तन गर्न विधेयकको मस्यौदा तयार पार्ने काम अघि बढाएको छ । शिक्षामन्त्री महावीर पुनले विधेयक तयार पार्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्वउपकुलपति केदारभक्त माथेमालगायत विभिन्न विश्वविद्यालयका उपकुलपति सदस्य छन् । सरकारले २०८० पुसमा उच्च शिक्षा विधेयकको एकीकृत विधेयक अघि ...
— आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी चारवटै निकायले मंसिर १० देखि देशभर सुरक्षाकर्मी परिचालन गर्ने भएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजनाअन्तर्गत अर्को सातादेखि देशभर आ–आफ्ना जनशक्ति परिचालन गर्न लागेका हुन् । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय सुरक्षा समितिबाट स्वीकृत एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार ...
: भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाजा तस्करी गर्ने युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले लागुऔषध गाँजा तस्करीमा संलग्न एक युवकलाई बिहीबार राती नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चौक नजिकै गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचगर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। अस्थायी प्रहरी चौकी नडाहाबाट ...