: नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्नुअघि काठमाडौंमा र्याली निकालेको छ । बबरमहल बस स्टपबाट सुरु भएको जुलुस बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंकेट पुगेर घोषणा सभामा परिणत भएको छ।null
मार्च पासमा एमाले नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले नेतृत्व गरेका छन् । एमाले नेता बस्नेतले जेनजीसँगका मागमा आफ्ना असहमति नरहेको बताए। ‘जेनजीसँगका मागमा असहमति छैन। जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन्।’ null
बस्नेतले संसद पुन:र्स्थापना भएर नयाँ सर्वदलीय सरकार आएपछि जेनजीको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्न लागेको छ।null
एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको छ। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो। null
राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेले जनाएको छ।