: बसको ठक्करबाट बालकको मृत्यु भएको छ।
गरुडा नगरपालिका-१ जयनगरस्थित सडकमा प्र.०३-००१ ख १७२६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जन साहको छोरा २ वर्षीय आदित्य कुमार साहको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।