मुख्य समाचार
सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु
सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु

— सेन्ट्रल भियतनाममा विगत केही दिनदेखि परेको अविरल वर्षाले कम्तिमा ४१ जनाको मृत्यु भएको स्थानीय मिडियालाई उद्रृत गर्दै बीबीसीले जनाएको छ । घटनामा ५२ हजारभन्दा धेरैजना घरबारविहिन भएका छन् । त्यस्तै, झन्डै ५ लाख परिवार विद्युत अभावमा छन् ।


होइ एन र ना त्राङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हुन् । त्यस्तै सेन्ट्रल हाइल्यान्डका कफी उत्पादन हुने क्षेत्र पनि प्रभावित भएका छन् । यसअघि आँधि चलेकाले यहाँका कृषकले समयमै कफी भित्र्याउन पनि सकेका थिएनन् । सडक तथा पूर्वाधारमा क्षति पुगेपछि सरकारले विभिन्‍न क्षेत्रमा आपतकाल घोषणा गरेर उद्धार कार्यमा टोली खटाएको छ ।

भियतनाममा पछिल्ला केही महिनायता निरन्तर प्रकोपले ठूलो क्षति निम्त्याएको छ । केही समयअघि मात्रै केही साताको अन्तरमा यहाँ दुई शक्तिशाली आँधीले विध्वंश मच्चाएका थिए ।

जनवरीदेखि अक्टुबरसम्मको अवधिमा यहाँ आएका प्रकोपले झन्डै २ अर्ब डलर बराबर क्षति भइसकेको सरकारले अनुमान लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाजा तस्करी गर्ने युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले लागुऔषध गाँजा तस्करीमा संलग्न एक युवकलाई बिहीबार राती नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चौक नजिकै गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचगर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। अस्थायी प्रहरी चौकी नडाहाबाट ...
: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धले उठान गरेका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन्। विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताएका हुन्। ‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण गरेका छन् । घिसिङले सिरहाका बासिन्दासमेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतलगायतलाई सँगै लगेर शुक्रबार कमला ...
: नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्नुअघि काठमाडौंमा र्‍याली निकालेको छ । बबरमहल बस स्टपबाट सुरु भएको जुलुस बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंकेट पुगेर घोषणा सभामा परिणत भएको छ।null मार्च पासमा एमाले नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले नेतृत्व गरेका छन् । एमाले नेता बस्नेतले जेनजीसँगका ...
— पूर्वी नवलपरासीको खजुरीखोला नजिकै सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ मा नारायणगढबाट बुटवलतर्फ यात्रु बोकेर जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी १० मिटर तल खाडलमा बस खसेको ...