मुख्य समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता

: निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ वटा दल दर्ता भएको जानकारी दिए। त्यस्तै आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १ सय २६ पुगेको र ३० दल दर्ता प्रक्रियामा रहेको उनले बताए।


निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगायतका कामलाई कार्ययोजना बनाएर नै काम गरिरहेको उनले जानकारी दिए।


त्यस्तै प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने बताए।

आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्नुअघि काठमाडौंमा र्‍याली निकालेको छ । बबरमहल बस स्टपबाट सुरु भएको जुलुस बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंकेट पुगेर घोषणा सभामा परिणत भएको छ।null मार्च पासमा एमाले नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले नेतृत्व गरेका छन् । एमाले नेता बस्नेतले जेनजीसँगका ...
— पूर्वी नवलपरासीको खजुरीखोला नजिकै सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ मा नारायणगढबाट बुटवलतर्फ यात्रु बोकेर जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी १० मिटर तल खाडलमा बस खसेको ...
: नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन्। नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र ...
— हत्या र यौनहिंसाका तथा सम्पति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका रामबहादुर बम्जन थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च पुगेको निवेदनमा पेशी तोकिएको छ । न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेशी रहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाएपछि बम्जन ७३ नम्बर निवेदन लिएर सर्वोच्च आएका हुन् । तल्लो अदालतले ...
— जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।