: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।