— धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् ।
दुर्घटनामा परी सङ्खुवासभाको सभापोखरी-२ की ८२ वर्षिया सबिता कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।
साधारण घाइतेहरू १२ जनालाई उपचारका लागि धनकुटा अस्पताल ल्याइएको छ । गम्भीर घाइते चालक जितेन्द्र बुढाथोकी र अर्का एक यात्रीलाई थप उपचारका लागि धरान पठाइएको छ।
काठमाडौँबाट सङ्खुवासभाको खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटाको पाख्रिबास नगरपालिका ५ भैंसेमा बिहान ६ बजे दुर्घटनामा परेको हो।