मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा जेन-जी उमेर समूहका युवाहरूसँग संवाद गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा जेन-जी उमेर समूहका युवाहरूसँग संवाद गर्ने

— राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा जेन-जी उमेर समूहका युवाहरूसँग संवाद गर्ने भएको छ । रास्वपाको केन्द्रीय समितिले निर्णय गरेर पार्टीमा युवा सहभागिता बढाउका लागि ७७ वटै जिल्लामा जेन-जी उमेर समूहका युवासँग राजनीतिक विषयमा छलफल र संवाद गर्ने निर्णय गरेको हो ।


७७ वटै जिल्लामा सक्रिय पार्टी संयन्त्रले जेन-जी उमेर समूहका युवासँग संवाद गर्ने रास्वपा केन्द्रीय समितिले निर्णय गरेको हो ।

बिहीबार सार्वजनिक रास्वपा केन्द्रीय समितिको निर्णयमा निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत पार्टीमा युवाहरूलाई आबद्ध गर्नका लागि उक्त कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको हो । 'सबै प्रदेश र सबै जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक गर्ने । केन्द्रीय समितिबाहेकका सबै रिक्त पद समावेशिताको सिद्धान्तलाई अनिवार्य पालन गरी अधिकतम पदपूर्ति गर्न निर्देशन दिने,' रास्वपा केन्द्रीय समितिको निर्णयमा भनिएको छ, 'सातै प्रदेश एवं ७७ जिल्लामै सम्बन्धित तहगत समितिले संयोजन/निर्देशन गरी जेन-जी उमेर समूहका युवा पुस्तासँग छलफल/ संवाद कार्यक्रम आयोजना गर्ने । पार्टीको सबै तह, संयन्त्रमा युवा सहभागिता बढाउन आवश्यक गृहकार्य गर्ने ।'

रास्वपाले 'युवा राष्ट्र निर्माण एकेडेमी' कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । यो कार्यक्रम युवाहरूमा बढ्दो राजनीतिक चेतना तथा जेन-जी पुस्ताको सक्रिय राजनीतिक प्रवेशलाई दृष्टिगत गर्दै नेपालका राजनीतिक तथा संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल तथा संसदीय प्रक्रियाको व्यवहारिक अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गर्नका लागि आयोजना गरिन लागिएको रास्वपाको निर्णयमा उल्लेख छ । यो कार्यक्रम केन्द्रीय कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, केन्द्रीय प्रशिक्षण विभाग तथा नेतृत्व क्षमता विकास विभागको समन्वयमा सञ्चालन गरिने उल्लेख छ भने कार्यक्रमको संयोजक पार्टीको कानुन तथा मानवअधिकार विभाग प्रमुख सोबिता गौतमलाई तोकिएको छ ।

त्यस्तै, रास्वपाले विराजभक्त श्रेष्ठको संयोजकत्वमा राजनीति अध्ययन कार्यदल गठन गरेको छ । जसमा पुकार बम, गणेश कार्की, प्रकाश बिष्ट, मदन खड्का, देवराज पाठक, राजन गौतम, अचुत्तम लामिछाने, तपेश्वर यादव र गोमा तामाङ सरिन सदस्य रहेका छन् ।


संविधान संशोधन र संविधान सम्बद्ध कानुन कार्यदल पनि रास्वपाले गठन गरेको छ । उक्त कार्यदलको संयोजक सोबिता गौतमलाई तोकिएको छ । निर्वाचन रणनीति कार्यदलको संयोजकमा मनिष झा संयोजक रहेका छन् भने विष्णुकुमार श्रेष्ठ, टीका संग्रौला (ज्वाला), पारसमणि गेलाल र प्रदेश सभापतिहरू पदेन सदस्य रहने निर्णय रास्वपाले गरेको छ । निशा डाँगीको संयोजकत्वमा मिडिया अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि रास्वपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन्। नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र ...
— हत्या र यौनहिंसाका तथा सम्पति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका रामबहादुर बम्जन थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च पुगेको निवेदनमा पेशी तोकिएको छ । न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेशी रहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाएपछि बम्जन ७३ नम्बर निवेदन लिएर सर्वोच्च आएका हुन् । तल्लो अदालतले ...
— जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
— हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अतिक्रमण गरेर बनाइएका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा र संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको छ । सडकको मध्यभागबाट २५/२५ मिटर दायाँबायाँ बनेका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी ...
: क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काभ्रेको चौरीदेउराली गाउँपालिका-९ घर भएका ललितपुर महानगरपालिका-३ बस्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन्। उनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितका उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध ...