: नेकपा एमालेले आगामी महाधिवेशनका लागि विभिन्न समितिहरू बनाएको छ। बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरू बनाएको हो।
बैठकले महाधिवेशन सचिवालयको संयोजकमा महासचिव शंकर पोखरेललाई तोकेको छ। सचिवालयमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई सदस्य रहनेछन्।
त्यस्तै आर्थिक समितिको संयोजकमा विष्णु रिमाललाई तोकिएको छ भने प्रतिनिधि व्यवस्थापन संयोजकमा काशीनाथ अधिकारी संयोजक र माधव ढुंगेल सचिव रहने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार जनपरिचालन समितिमा प्रदीप ज्ञवाली र राजन भट्टराई, आवास समितिमा छविलाल विश्वकर्मा र लालबाबु पण्डित, खाद्य व्यवस्थापनमा लेखराज भट्ट र भिष्म अधिकारी, यातायात व्यवस्थापनमा गोकर्ण विष्ट र रचना खड्का, अतिथि सत्कारमा रघु महासेठ र महेश बर्तौला, प्रचार प्रसार समितिमा पद्मा अर्याल र राजेन्द्र गौतम, स्वयंसेवक परिचालन समितिमा भानुभक्त ढकाल र विनोद पाण्डे, मञ्च व्यवस्थापन समितिमा विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी रहेका छन्।