मुख्य समाचार
मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु
मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु

। मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु गरेको छ । ग्रामिण भेगलक्षित गरी चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरूलाई फोकस गरेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘दुइ/तीन दिन आरुघाटबाट सोती हुदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच गर्‍यौं ।’


सो क्षेत्रमा पठाओको रुपमा चोरीका बाइकहरू चल्ने जनगुनासो आएकाले निगरानी बढाइएको उनले जानकारी दिए ।

चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै वेवारिसे अवस्थामा फेला पारेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘ग १७ प २३९० नम्वरको बाइक सडक छेउमा चावी फुटाएको अवस्थामा लामो समयदेखि वेवारिसे भएर बसेको रहेछ, हामीले नियन्त्रणमा लिएका छौं,’ अर्यालले भने ।
उक्त बाइक चोरीको भए नभएको अनुसन्धान भइरहेको उनले बताए ।

चेकजाँचको क्रममा १३ वटा सवारीलाई कारवाहीमा परेका छन् । सवारी नियम उल्लघंन गरेवापत उनीहरूलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा एउटा स्करपिओ, दुई वटा बोलेरो र बाँकी मोटरसाइकल छन् । ‘बढी भाडा लिन्छन् भन्ने गुनासो पनि थियो त्यो पनि हामीले निगरानी गर्‍यौ, तर त्यस्तो भेटिएन,’ उनले भने । चेकजाँचसँगै ट्राफिक नियमबारे सचेत समेत गरिएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा छड्के चेकजाँच गरेको हो । चेकजाँचमा इप्रका आरुघाटका प्रमुख प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा प्रहरी र जिल्ला ट्राफिक इन्चार्ज अर्याललको नेतृत्वमा ट्राफिक प्रहरी खटिएका थिए । अन्य क्षेत्रमा पनि चेकजाँचले निरन्तरता पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ । आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा ...
बेलायतको पीआर लिन अब कम्तीमा १० वर्ष, अवैध बसेकालाई ३० वर्ष
: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। आम निर्वाचन र कांग्रेसको १५ औँ महाधिवेशनका विषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा निधिले महाधिवेशन लगायतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका हुन्। कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा ...
। बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले पक्राउ गरेको छ । साहलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । बुधबार जेनजी समूहले गरेको विरोध प्रदर्शनमा सिमरा चोकमा वादविादमा साहले जेनजी युवालाई मुक्का प्रहार गरेर फरार भएका थिए । साहसहित ६ जना विरुद्ध किटानी जाहेरी परेपछि बारा प्रहरीले आज बिहान २ जना वडाध्यक्षलाई ...
: राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले राष्ट्रिय ...