मुख्य समाचार
आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको
आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेपछि ओलीले स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको बताएका हुन्।


एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गरेर आन्दोलनको मर्मलाई भने कायम राख्नुपर्ने बताएका थिए।


'पार्टीमा विभिन्न समयमा प्रतिस्पर्धाहरू भए। म एकजना मात्र त्यस्तो पात्र रहें, प्रतिस्पर्धामा पराजित भए पनि पार्टी एकताका लागि निरन्तर लागिरहें। पार्टी सुदृढका लागि काम गरे। तर, विगतमा प्रतिस्पर्धा गरेका केही साथीहरू पार्टी एकतामा रहनुभएन। उदाहरणका लागि माधवकुमार नेपाल र भीम रावललाई लिन सकिन्छ। त्यो स्थिति नरहोस्। स्वस्थ प्रतिस्पर्धा गरौं, त्यसले खास असर पार्दैन। तर देशको आवश्यकता सहकार्य गरेर एकताका साथ अगाडि बढ्ने भन्ने हो,' ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ । आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा ...
बेलायतको पीआर लिन अब कम्तीमा १० वर्ष, अवैध बसेकालाई ३० वर्ष
: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। आम निर्वाचन र कांग्रेसको १५ औँ महाधिवेशनका विषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा निधिले महाधिवेशन लगायतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका हुन्। कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा ...
। बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले पक्राउ गरेको छ । साहलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । बुधबार जेनजी समूहले गरेको विरोध प्रदर्शनमा सिमरा चोकमा वादविादमा साहले जेनजी युवालाई मुक्का प्रहार गरेर फरार भएका थिए । साहसहित ६ जना विरुद्ध किटानी जाहेरी परेपछि बारा प्रहरीले आज बिहान २ जना वडाध्यक्षलाई ...
: राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले राष्ट्रिय ...