मुख्य समाचार
लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराए
लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराए

: नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।

चितवनले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १८.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रनसहित लक्ष्य पूरा गरेको हो। लुम्बिनीका लागि गुल्बदिन नैबले सर्वाधिक ४४ रनमा अविजित रहे। उनले २४ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे।


लुम्बिनी लायन्सले पहिलो विकेटको रूपमा डार्सी सर्टको विकेट गुमाएको हो। उनले ६ बलमा १ चौका र १ छक्का सहित ११ रनमा रिजन ढकालको हातबाट बोल्ड भए।


दोस्रो विकेटको रूपमा सन्दीप जोराको विकेट गएको हो। ५.४ ओभरमा सन्दीप जोरा रिजन ढकालको बलमा कुशल मल्लको हातमा क्याच भए। उनले १८ बलमा ४ चौकासहित २८ रन बनाए।

५.३ ओभरमा लुम्बिनी लायन्सले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो। पावरप्लेमा लुम्बिनी लायन्सले २ विकेट गुमाउँदै ५१ रन बनाएको थियो।

१०.४ ओभरमा दिलिप नाथ १० रनमा क्याच भए। १६.३ ओभरमा गुल्बदिनको क्याच मिस भयो। उनी २९ रनमा खेलिरहेका थिए। उनको क्याच सोहिल तान्भिरले हातमै आएको बल छुटाएका हुन्।

१३.२ ओभरमा रोहित पौडेलको स्टम्पिङ आउटको डिसिजन पेन्डिङ ४ मिनेटभन्दा लामो तानियो। उनी त्यतीबेला २८ रनमा खेलिरहेका थिए।

१७.३ मा लुम्बिनी लायन्सको चौथो विकेट गयो। चौथो विकेटको रूपमा कप्तान रोहित पौडेलको विकेट गयो। उनले ४४ बलमा १ चौकासहित ३९ रन बनाए। चौथो विकेटको लागि उनले गुल्बदिन नैबसँग ६० रनको साझेदारी गरे। जे जे स्मिथ ४ रनमा अविजित रहे। चितवनको लागि २ विकेट रिजन ढकालले लिए।

त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि रबि बोपाराले सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ४ चौका र ३ छक्का पहार गरे।

पहिलो ओभरको दोस्रो बलमा चितवन राइनोजले ओपनर डेविड मलानलाई डकआउटको रूपमा गुमायो। दोस्रो विकेटको रूपमा अर्का ओपनर दीपक बोहोरा स्टम्पिङको रूपमा पेभेलियन फर्किए। उनले १२ बलमा १ चौकासहति १० रन बनाए। देव खनालले १४ रन बनाउँदै क्याच भए।
कुशल मल्ल १२ रनमा कट एण्ड बोल्ड हुने सम्भावना थियो । तर शेर मल्लले उक्त क्याच लिन सकेनन्। चौथो विकेटको रूपमा कुशलको विकेट गयो। उनले १८ बलमा १ छक्कासहित २१ रनमा क्याच भए। कुशलले चौथो विकेटका लागि रबि बोपारासँग ४४ रनको साझेदारी गरे।

पाँचौं विकेट सैफ जैब १५ रनमा कप्तान रोहित पौडेलको हातमा क्याच भए। अर्जुन साउद ८ रनमा अविजित हुँदा अन्तिम बलमा सोहिल तान्भिर ५ रनमा क्याच भए। लुम्बिनी लायन्सका लागि रुबिन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए। अभिषेश गौतम र गुल्बदिन नैबले समान २–२ विकेट लिए।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...