मुख्य समाचार
एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने
एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने

: नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)’को घोषणा गर्ने भएको छ। माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपासपश्चात नेसनल भोलेन्टियर फोर्स घोषणा सभा गर्न लागिएको हो।

आज बिहान ११ बजे प्रमुख अतिथि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्स गठनका लागि १५ दिनअघि कार्यदल बनाएका थिए। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको हो।


राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेले जनाएको छ।


एनभिएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने एमाले नेता महेश बस्नेतले जानकारी दिए।
एनभिएफमा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिहरुको टोलीले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हो। उपल्लो मुस्ताङ भ्रमणमा जाँदा विदेशी पर्यटकले ५०० अमेरिकी डलर तिरेर न्यूनतम १० ...
सचिवालय बैठकमा ईश्वर पोखरेलले भने- अध्यक्षमा प्रतिस्पर्धा गर्छु
: काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा मोटरसाइकल र स्कुटर ठोकिँदा युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर ठोकिँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ...
। घर फर्क अभियान अन्तर्गत पार्टीमा फर्किएका तत्कालीन दलका केन्द्रीय सदस्यहरूलाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘घर फर्क अभियानमा जोडिएका केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाउने विशेष निर्णय भएको छ,’ ज्ञवालीले बैठकका निर्णयबारे जानकारी गराउँदै भने । एमालेको दशौं केन्द्रीय ...
: नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने ...