मुख्य समाचार
निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय
निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय

। राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए ।

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको उनले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरु अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवसहितको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बुधबार र बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो । सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको छ । सहमति अनुसार सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ । यसका लागि स्थानीय जनतालाई विगतमा ...
। सञ्‍चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा बाधक नबन्‍ने बताएका छन् । छानबिन समितिको प्रतिवेदन बुझ्‍दै सञ्‍चारमन्त्री खरेलले टेलिकमको आन्तरिक स्वायत्तामा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् । उनले भने, ‘हामीले प्रतिवेदनमा समावेश गरेका सुझाव र रायलाई सहज कार्यान्वयन गरी टेलिकमको बिलिङ सिष्टमका सामग्रीहरू खरिदका लागि अरु सहज हुन्छ । टेलिकमको बिलिङ सिस्टमको ...
। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ । सरकारले दललाइ निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो । स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको ...
। भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ । गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो । हेटौंडामा आज बिहीवार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन ...
। ६ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा तीन दिनदेखि जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा ...