मुख्य समाचार
सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको
सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको

। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीहरु सो अनुरुपको तयारी र प्रतिवद्दताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत निर्देशन गरेका छन् ।

जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायहरुले आफ्ना काम कारवाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफुले प्रवाह गर्ने सबै प्रकारका सेवाहरूलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिए ।

‘सरकारी काम कारबाहीले गर्दा सेवा ग्राहीलाई अनावश्यक झनझट व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देश गर्दछु,’ मन्त्री अर्यालले भने ।

मन्त्री अर्यालले आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक श्रोतसाधन लागि आवशयक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकोमासमेत मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।

समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयले दिनुभएका सुझावहरुलाई मन्त्रालय मनन गरेर कार्यन्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राखे ।

राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरि काम गर्न समेत निर्देश गरे ।

सीमापार अपराध न्यूनीकरण, लागु औषधको दुरुपयोग र ओसारपोसारविरुद्दको कारवाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आश्यकता अनुसार पुनारावलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई आदेश दिए ।

‘जेनजी आन्दोलन र त्यसपछि विकसित घटना क्रमले हाम्रा मन्त्रालयका नियमित काम कारवाहीमा केहि बाधा अच्चन परे पनि अब मन्त्रालयको नियमित कामहरुलाई तीव्रता दिएर अघि बढ्नु पर्नेछ,’ मन्त्री अर्यालले भने ।

समीक्षा बैठकमा उठेको विषयलाई समोब्धन गर्नुहुँदै मन्त्री अर्यालले भने, ‘मन्त्रालय मातहतका निकायहरूको वार्षिक कार्ययोजना र कार्य प्रगतिको समीक्षा सबै निकायहरुले आन्तरिक रुपमा नियमित गर्ने गरौँ र वार्षिक रुपमा लक्ष निर्धारित क्रियाकलाप र माइलस्टोनहरुको प्रगति लक्ष अनुरुप हाँसिल गर्न के कसो गर्नु पर्छ सो को समीक्षा गरि सोहि अनुसार प्रगति हाँसिल गर्ने गरी बाँकी कार्य अगाडि बढाउन निर्देश गर्दछ।’

सबै निकायहरुको पूर्वानिर्धारित् आन्तरिक वार्षिक कार्य योजना र माइलस्टोन कार्यान्वयनलाई तिब्रता दिन र गरिएका कार्यहरुको नियमित आन्तरिक समीक्षासमेत गर्न उनले निर्देशन दिए ।

सेवाग्राहीले एउटै विवरण र सूचना सरकारी निकायलाई पटक पटक दिनु पर्ने बाध्यताको अन्त्य गर्न गरी कार्य गर्न पनि उनले निर्देश गरे ।

विशेषगरी राष्ट्रिय परिचयपत्रको मर्म र भावनालाई अन्य निकायलाई बुझाई सबै प्रणालीलाई क्रमस: आवद्ध गर्ने गरी सम्बन्ध निकायले प्राथमिकताका साथ यस कार्यलाई अघि बढाउन पनि उनले आदेश गरे ।

‘नागरिकका गुनासो र उजुरी फर्स्यौटलाई पहिलो प्राथमिकता दिनु होला र सकभर गुनासोरहित ढंगले काम गरौं र सेवाग्राहीको काम पन्छ्याउने कामलाई निरउत्त्साहित गरौं,’ मन्त्री अर्यालले भने ।

कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय यस अन्तर्गतका सबै निकायले सुशासन र पारदर्शीतालाई मूल केन्द्र बिन्दु बनाइ आफ्नो कार्य जिम्मवारी निर्वाह गर्नु निर्देश गरे ।

गृहमन्त्रालय सबै मन्त्रालयहरू बन्द अलि बढी सम्म्वेदनशील मन्त्रालय भएकोले नै यस अन्तर्गत रहेका केही महत्त्वपूर्ण विभाग र महाशाखाहरु जस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रवाह गर्ने सेवाबाटै गृह मन्त्रालयको सफलता र मुहार झल्किने कुरा उनले बताए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीले मन्त्रालय मातहत रहेका सबै निकायहरुको समग्रमा प्रस्तुतीकरण दिँदै मन्त्रालयको वार्षिक कुल दुई खर्ब ८ अर्व बजेटमा, चालु आवको पहिलो चौमासिकसम्ममा आइपुग्दा मन्त्रालयले चालु खर्च तर्फ २० दशमलव ९२ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव ६५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बुधबार र बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो । सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको छ । सहमति अनुसार सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ । यसका लागि स्थानीय जनतालाई विगतमा ...
। सञ्‍चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा बाधक नबन्‍ने बताएका छन् । छानबिन समितिको प्रतिवेदन बुझ्‍दै सञ्‍चारमन्त्री खरेलले टेलिकमको आन्तरिक स्वायत्तामा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् । उनले भने, ‘हामीले प्रतिवेदनमा समावेश गरेका सुझाव र रायलाई सहज कार्यान्वयन गरी टेलिकमको बिलिङ सिष्टमका सामग्रीहरू खरिदका लागि अरु सहज हुन्छ । टेलिकमको बिलिङ सिस्टमको ...
। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ । सरकारले दललाइ निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो । स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको ...
। भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ । गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो । हेटौंडामा आज बिहीवार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन ...
। ६ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा तीन दिनदेखि जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा ...