। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् ।
नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।
अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने बताए ।
अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।
‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौं । र त्यसैको तयारीमा हामी सबै लागौं,’ उनले भनेका छन् ।
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ ।
महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।