मुख्य समाचार
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु

। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुई वटा बस यात्रु चढाउनका तँछाडमछाड गर्दै आईरहेको समयमा बा २ ख ६५७९ नम्बरको बस अन्यन्त्रित भई श्रेष्ठलाई ठकर दिएको थियो ।

उपचारको क्रममा श्रेष्ठको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले अरनिको राजमार्ग अवरुद्ध भएको जानकारी दिए । सडक अवरुद्ध भएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

पाँचखाल नगरप्रमुख खरेलले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र राजमार्ग खुलाउने विषयमा प्रयास भइरहेको जानकारी दिए ।

स्थानीयसँगको समन्वयमा राजमार्ग सुचारु गराउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ । सरकारले दललाइ निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो । स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको ...
। भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ । गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो । हेटौंडामा आज बिहीवार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन ...
। ६ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा तीन दिनदेखि जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा ...
। राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा ...
। स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग ...