मुख्य समाचार
बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर
बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर

। बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ । बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेनजी र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्‌मा छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्क्षतामा बसेको ४१ ...
। काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बिहीबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक ...
। मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी ...
फिर्ता बोलाइएका राजदूत परराष्ट्रमा हाजिर गर्छन्, फर्किन्छन्
। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १ असोजमै दिएको राजीनामा बारे दुई महिनापछि मात्रै प्रदेशसभा सदस्यहरुलाई औपचारिक जानकारी गराइएको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले आज बिहीवार सभामुखको राजीनामा सम्बन्धी सूचना निकालेर प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएका हुन् । सभामुख भुवनकुमार पाठकले भने १ असोजमै उपसभामुख अप्सरा चापागाईंलाई ...