मुख्य समाचार
मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

: मधेश प्रदेशसभाको बुधबार बसेको बैठकबाट सभामुख रामचण्द्र मण्डललाई पदमुक्त गरिएको छ।

प्रदेशसभाका उपसभामुख बबिता राउत ईशरले सञ्चालन गरेको बैठकमा सभामुखले पद अनुकुल आचरण नगरेको भने प्रस्ताव पेश गरिएको थियो। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८२ को उपनियम (१) बमोजिम सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले सदनमा पेश गरेका थिए। सो प्रस्तावमाथि छलफल भएर निर्णयार्थ प्रस्तुत गरिएको थियो।

प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्दा पक्षमा ७६ मत पर्न गएको र विपक्षमा शून्य मत परेको थियो। प्रदेशसभाको कूल सांसद संख्याको बहुमत मत भएको हुँदा उक्त प्रस्ताव पारित भएको र सभामुख मण्डललाई पदमुक्त गरिएको घोषणा ईशरले गरेकी हुन्।

प्रदेशसभाको बैठकमा सरकार पक्षका कसैको पनि सहभागिता थिएन भने एमाले बाहेकका सबै दलले मण्डलको विपक्षमा मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन-चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको ...
: नेपाली सेना र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' आजबाट सुरू भएको छ। भद्रकालीस्थित सेना मुख्यालयमा छैटौं संस्करणको ल्यान्डफोर्स टक सुरू भएको सेनाले जानकारी दिएको छ। दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायतका विषयमा छलफल हुने सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रमका दौरान अमेरिकी सेनाका अधिकारीहरूले प्रधानसेनापति अशोक राज सिग्देलसँग ...
: नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ...
: दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी विगु गाउँपालिका– २ देउलाङका २१ वर्षीय आङफुर्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मोटरसाइकल छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरबाट खसेको मृत्यु भएको प्रहरीले जनाएको छ।
: गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मानवजीवन र सम्पत्तिको सुरक्षा ...