मुख्य समाचार
सामसङ ग्यालेक्सीमा हटाउनै नमिल्ने गरी 'एपक्लाउड' राखिएकोबारे आलोचना
सामसङ ग्यालेक्सीमा हटाउनै नमिल्ने गरी 'एपक्लाउड' राखिएकोबारे आलोचना

— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ ।


सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको डिजिटल राइटसम्बन्धी संस्था ‘एसएमईएक्स’ ले केही समयअघि सामसङलाई पठाएको खुला पत्रमा ‘इजरायली लगानी भएको अनावश्यक सफ्टवेयर जबरजस्ती राखिदिने प्रवृत्ती अन्त्यन्त गर्न’ भनिएको थियो । सो पत्र अहिले चर्चामा आएको छ ।

फोर्ब्सका अनुसार एपक्लाउड इजरायलको ‘आयनसोर्स’ नामक कम्पनीले बनाएको हो । आयनसोर्स हाल अनलाइन गेम निर्माता अमेरिकी कम्पनी युनिटीको पनि हिस्सा रहेको समाचारमा उल्लेख छ । ‘एसएमईएक्स’ ले एपक्लाउडबारे अनुसन्धान गरेको र यसलाई सामसङले डिभाइसबाट हटाउन नमिल्ने गरी र कसैले हटाउन चाहेमा फोनको वारेन्टि एवं सुरक्षा प्रबन्ध भत्किने गरी मात्रै हटाउने मिल्ने बनाएको दाबी गरेको छ ।

यो विषय सामाजिक सञ्जालमा प्रवेश गरेपछि कतिपय देशले सामसङ डिभाइसमा प्रतिबन्ध लगाउनेबारे छलफल शुरु गरेको तर एपक्लाउड विवाद पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यस विषयमा विगत दुई वर्षदेखि आशंका फैलिरहे पनि हालै मात्र ‘इन्टरनेसनल साइबर डाइजेस्ट’ नामक एक्स युजरले पोस्ट गरेपछि झनै सनसनी मच्चिएको हो ।

पश्चिम एसियाली, उत्तर अफ्रिकी र भारत निर्यात हुने ए र एम सिरिजका फोनहरूमा सामसङले सन् २०२२ देखि नै एपक्लाउड इन्स्टल गर्दै आएको बताइन्छ । सामान्यतया इजरायलीहरूलाई व्यापार गर्न प्रतिबन्ध लगाइएका देशमा यस्ता फोन पठाउँदा त्यसले कानुनी र नैतिक प्रश्न खडा गर्ने विश्लेषण भइरहेको छ । यो विषय जटिल बन्दै गएपछि सामसङले प्रतिक्रिया दिँदै प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई कम्पनीले गम्भिरतासाथ लिने र स्थानीय नियम-कानुन पालना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ । पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र ...
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको बताएको छ । साथै २२ सय टावरको क्षमता अभिवृद्धि गरको छ ।
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम