मुख्य समाचार
सामसङ ग्यालेक्सीमा हटाउनै नमिल्ने गरी 'एपक्लाउड' राखिएकोबारे आलोचना
सामसङ ग्यालेक्सीमा हटाउनै नमिल्ने गरी 'एपक्लाउड' राखिएकोबारे आलोचना

— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ ।


सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको डिजिटल राइटसम्बन्धी संस्था ‘एसएमईएक्स’ ले केही समयअघि सामसङलाई पठाएको खुला पत्रमा ‘इजरायली लगानी भएको अनावश्यक सफ्टवेयर जबरजस्ती राखिदिने प्रवृत्ती अन्त्यन्त गर्न’ भनिएको थियो । सो पत्र अहिले चर्चामा आएको छ ।

फोर्ब्सका अनुसार एपक्लाउड इजरायलको ‘आयनसोर्स’ नामक कम्पनीले बनाएको हो । आयनसोर्स हाल अनलाइन गेम निर्माता अमेरिकी कम्पनी युनिटीको पनि हिस्सा रहेको समाचारमा उल्लेख छ । ‘एसएमईएक्स’ ले एपक्लाउडबारे अनुसन्धान गरेको र यसलाई सामसङले डिभाइसबाट हटाउन नमिल्ने गरी र कसैले हटाउन चाहेमा फोनको वारेन्टि एवं सुरक्षा प्रबन्ध भत्किने गरी मात्रै हटाउने मिल्ने बनाएको दाबी गरेको छ ।

यो विषय सामाजिक सञ्जालमा प्रवेश गरेपछि कतिपय देशले सामसङ डिभाइसमा प्रतिबन्ध लगाउनेबारे छलफल शुरु गरेको तर एपक्लाउड विवाद पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यस विषयमा विगत दुई वर्षदेखि आशंका फैलिरहे पनि हालै मात्र ‘इन्टरनेसनल साइबर डाइजेस्ट’ नामक एक्स युजरले पोस्ट गरेपछि झनै सनसनी मच्चिएको हो ।

पश्चिम एसियाली, उत्तर अफ्रिकी र भारत निर्यात हुने ए र एम सिरिजका फोनहरूमा सामसङले सन् २०२२ देखि नै एपक्लाउड इन्स्टल गर्दै आएको बताइन्छ । सामान्यतया इजरायलीहरूलाई व्यापार गर्न प्रतिबन्ध लगाइएका देशमा यस्ता फोन पठाउँदा त्यसले कानुनी र नैतिक प्रश्न खडा गर्ने विश्लेषण भइरहेको छ । यो विषय जटिल बन्दै गएपछि सामसङले प्रतिक्रिया दिँदै प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई कम्पनीले गम्भिरतासाथ लिने र स्थानीय नियम-कानुन पालना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...