मुख्य समाचार
भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग
भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग

— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् ।


प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले भारतमा रहेका प्रवासी नेपालीहरूलाई पनि आगामी निर्वाचनमा उक्त सुविधा प्रदान गर्न माग गरेको हो ।

नेपाली समाजको एक प्रतिनिधिमण्डलले नेपाली राजदूत शंकरप्रसाद शर्मालाई भेटेर प्रवासी नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सर्वोच्च अदालतले गरेको फैसलातर्फ पनि ध्यानाकर्षण गराएको हो । समाजका महासचिव आरबी खड्काले लामो अवधि भइसक्दा पनि सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा नआएकाले नेपाल सरकारसँग दूतावास मार्फत त्यसको व्यवहारिक कार्यान्वयनका लागि माग गरिएको उनले बताए ।

समाजले अन्य विभिन्न विषयमा पनि दूतावासको ध्यानाकर्षण गराएको छ । भारतमा बैंक खाता खोल्न नेपालीहरूले भोगिरहेको समस्यालाई समाधान गर्न पहलका लागि आग्रह गरिएको खड्काले बताए । भारतका धेरै बैंकहरुले नेपाली पासपोर्ट, नागरिकता तथा नेपाली दूतावासले प्रमाणित गरेर दिएको पत्रलाई स्वीकार गरिरहेको छैन । त्यसले गर्दा अध्ययन र रोजगारीका लागि भारतमा रहेका नेपालीले बैंक खाता खोल्न नपाएको खड्काले बताए । ‘त्यसले गर्दा हजारौं श्रमिक, मजदुर, विद्यार्थी तथा व्यवसायीको आर्थिक गतिविधि ठप्प भएको छ,’ उनले भने, ‘दूतावासले भारतीय रिजर्भ बैंकसँग नेपालीले भोगिरहेको समस्या समाधानका लागि पहल गर्नुपर्ने आग्रह गरेका छौं ।’ नेपाली रहेको आधाकारिकताको प्रमाणका आधारमा खाता खोल्न दिइनुपर्ने नेपाली समाजको माग छ ।

विगतमा नेपाली नागरिकताकै आधारमा भारतमा नेपाली नागरिकले खाता खोल्न पाएका थिए । तर, पछिल्ला केही वर्षदेखि खाता खोल्नलाई आधारकार्ड र प्यानकार्ड अनिवार्य गरिएको छ । त्यसले नेपालीहरुलाई बैंकिङ कार्यमा समस्या परिरहेको छ । त्यस्तै, विभिन्न राज्यमा भारतको निर्वाचन आयोगले थालेको 'स्पेसल इन्टेन्सिभ रिभिजन'ले नेपाली नागरिकको बसोबास, रोजगारी, आवागमन तथा दैनिक जीवनमा प्रत्यक्ष असर परेकोसमेत देखिएको खड्काले बताएका छन् । दूतावासले भारत सरकारसँग कूटनीतिक माध्यमबाट प्रवासी नेपालीलाई उत्पन्न कठिनाइको समाधानका लागि पहल गर्नुपर्ने आफूहरुले राजदूत शर्मासँग माग राखेको उनले जानकारी दिए ।


भारतमा रहेका नेपालीहरुसँग समन्वय, सूचनाको आदान प्रदान तथा सहयोगका लागि दूतावासमा प्रवासी सहायता डेस्क स्थापनाको माग पनि नेपाली समाजले गरेको छ । भारतमा बसोबास गर्ने नेपाली नागरिकका साझा मुद्दाहरू समाधानका लागि सक्रिय कूटनीतिक पहलका लागि दूतावासलाई आग्रह गरिएको खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम