मुख्य समाचार
'एआई बबल' फुट्यो भने हरेक कम्पनी प्रभावित हुन्छ'
'एआई बबल' फुट्यो भने हरेक कम्पनी प्रभावित हुन्छ'

— गुगलको मूल कम्पनी अल्फाबेटका प्रमुख सुन्दर पिचाईले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को 'बबल' (बजारमा अत्यधिक मूल्यवृद्धि) फुट्यो भने हरेक कम्पनी प्रभावित हुने बताएका छन् । बीबीसीसँगको वार्ताका क्रममा उनले यसो बताएका हुन् ।


बीबीसी न्यूजसँगको कुराकानीमा सुन्दर पिचाईले कृत्रिम बुद्धिमत्तामा भइरहेको लगानीको वृद्धि एक "असाधारण " मानिए पनि हालको अवस्था अस्वभाविक रहेको बताए।

सिलिकन भ्याली र बाहिर पनि एआई प्रविधि कम्पनीहरूको मूल्य पछिल्लो समय आकाशिएको र कम्पनीहरूले यस बढ्दो उद्योगमा ठूलो लगानी गरिरहेकाले बजारमा 'बबल' को डर बढेको छ ।

एआई बबल फुटेको खण्डमा गुगल अछुतो रहन्छ कि रहँदैन भन्ने बीबीसीको प्रश्नमा पिचाईले यो सम्भावित खरतालाई 'टेक जाइन्ट'ले पार गर्न सक्ने बताए पनि एउटा चेतावनी दिए । उनले भने, 'मलाई लाग्छ हामीसहित कुनै पनि कम्पनी अछुतो रहने छैन।'

उनले ऊर्जा आवश्यकता, जलवायु लक्ष्यहरूलाई सुस्त बनाउने, बेलायतमा लगानी, आफ्नो एआई मोडेलहरूको सटीकता र एआई क्रान्तिको रोजगारीमा पर्ने प्रभावबारे पनि कुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...