: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’
यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल गर्नेछन् । पत्रकार जमाल खसोग्गीलाई सात वर्षअघि साउदी एजेन्टहरूको हातबाट मारेर टुक्राटुक्रा पारिएपछि साउदी नेताको अमेरिकामा यो पहिलो भ्रमण हो ।
राजकुमार मोहम्मदको अन्तिम भ्रमण सन् २०१८ मा ट्रम्पको पहिलो कार्यकालको समयमा भएको थियो । सोही वर्ष इस्तानबुलमा खशोग्गीको हत्या भएको थियो ।
पूर्वराष्ट्रपति जो बाइडेनले अमेरिकामा राजकुमारलाई स्वागत गरेनन् । उनले सन् २०२२ मा अन्य मुद्दाहरूमा सम्झौता गर्न साउदी अरबको भ्रमण गरेका थिए । बाइडेनले उक्त बैठकमा खसोग्गीको हत्याको मुद्दा पनि उठाएको बताए ।