: ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका-९ बिर्दीमा प्रदेश २-०३००१ त २८२७ नम्बरको ट्याक्टर दुर्घटनामा स्थानीय जगबहादुर बानियाँको मृत्यु भएको हो।
मंगलबार दिउसो १ बजे बारी जोतिरहेको ट्याक्टर लडी टाउको च्यापिएर जग्गाधनीसमेत रहेका बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।